Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अस्ट्रेलियाले अफगानिस्तानलाई दियो १६९ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप अन्तर्गत आयोजक अस्ट्रेलियाले अफगानिस्तानसामू १ सय ६९ रनको लक्ष्य दिएको छ ।

एडिलेडमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन जोड्यो ।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५४ रन जोडे । मिचेल मार्सले ४५ रनको योगदान गरे ।

अफगानिस्तानका लागि नविन उल हकले समान तीन तथा फजलहक फारुकीले दुई विकेट लिए ।

सेमिफाइनल यात्राका लागि अस्ट्रेलियाले यो खेल जित्ने पर्ने दबाबमा रहेको छ भने अफगानिस्तान भने विश्वकपबाट बाहिरिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077