Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

प्रधानमन्त्रीनिवास अगाडि पुगेकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं । पत्रकार सम्मेलन गर्न भन्दै बालुवाटार पुगेकी निहारिका राजपुतलाई प्रहरीले केहिवेर नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ३ नम्बर गेटमा पत्रकार सम्मेलन गर्छु भन्दै पुगेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आफ्नो मुद्दाको पेशी तोक्न ढिलाइ भएको भन्दै ‘कुमारी आमा’ निहारिका राजपूतले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेकी छन् ।

मुद्दाको पेशीमा ढिलाइ गरेर आफूलाई न्यायबाट वञ्चित गरिएको उनको आरोप थियो ।

निहारिकाको मुद्दा हाल जनकपुर उच्च अदालतमा विचाराधीन छ । दुई महिनाअगाडि नै उनको मागबमोजिम बच्चा र आरोपीको डीएनए टेस्ट भएको थियो ।

निहारिका राजपुतका छोरा र प्रतिवादी शिवराम श्रेष्ठको भने डीएनए ९९.९९९ प्रतिशत ‘म्याच’ भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077