Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचनपछि ओलीको नेतृत्वमा राष्ट्रवादी सरकार बन्ने कमल थापाको दाबी

मकवानपुर । नेकपा एमाले मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रवादी सरकार बन्ने दाबी गरेका छन् ।

नेकपा एमाले निर्वाचन परिचालन कमिटीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ मा पदमपोखरीमा आयोजना गरेको प्रचारप्रसार कार्यक्रममा बोल्दै यस्तो दाबी गरेका हुन् । उनले निर्वाचनपछि ओलीको नेतृत्वमा राष्ट्रवादी सरकार बन्ने उद्घोष गरे ।

मकवानपुरको विकासमा योगदान दिँदै आएको एमाले र राप्रपा नेपाल एकै ठाउँमा उभिँदा मकवानपुरको विकासले गति लिने भएकै कारण आफू सूर्य चिह्नबाट उम्मेदवार बनेको थापाले बताए ।

‘मुलुकमा राजनैतिक स्थायित्वका लागि पनि राष्ट्रवादी शक्ति एकजुट हुनु आवश्यक छ,’ थापाले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077