Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्ता गठबन्धनको पक्षमा स्पष्ट बहुमत आउँछ : कांग्रेस प्रवक्ता महत

धनगढी । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनको पक्षमा बहुमत आउने दाबी गरेका छन्।

शनिबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले यस्तो बताएका हुन् ।

उनले भने, ‘उहाँहरुको बहुमत आउने कुनै चान्स छैन। उहाँहरुको बहुमत थियो। पार्टी एक गर्न सक्नु भएन्। केको लागि मत माग्ने रु दिएको म्याण्डेट पाँच वर्ष पूरा गर्न सक्नु भएन। दुई पटक संसद विगठन गर्नुभयो।

हामी ९१ मा अधिकाँसमा विजयी हुन्छौ। समानुपानीकमा पनि मत प्रतिशत हाम्रो बढी हुन्छ।’

नेता महतले काँग्रेसको भागमा परेका क्षेत्रहरुमा ८० भन्दा बढीमा विजयी हुने दाबी गरे ।

देशब्यापी गठबन्धनका पक्षमा जनलहर रहेको बताउदै एमाले अध्यक्ष ओलीले गर्न नसकेका काम गठबन्धनले गर्ने महतको दाबी छ। सबै क्षेत्रमा गठबन्धनका दलहरुले एकले अर्कालाई सहयोग गर्नुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077