Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साफ यू-१५ महिला फुटबलमा बंगलादेशमाथि नेपालको जित

काठमाडौं । बंगलादेशमा जारी १५ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा आज सम्पन्न खेलमा घरेलु टोलीलाई नेपालले १-० ले हराउँदै लगातार दोस्रो जित निकालेको हो ।

नेपालका लागि ८६ औँ मिनेटमा वर्षा ओलीले गोल गरिन् । बंगलादेशलाई हराएसँगै नेपाल ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

साफ यु-१५ मा नेपालले पहिलोपटक बंगलादेशलाई हराएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077