Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मंसिरमा हुने निर्वाचनमा कांग्रेसले स्पस्ट बहुमत ल्याउँछ : प्रकाशशरण महत

कंञ्चनपुर । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आगामी मंसिरमा हुने निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दावी गरेका छन् ।

आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् । पछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गरेका छन्।

उनले भने, 'यो निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ, कांग्रेसकै नेतृत्वमा स्थायी सरकार बन्छ,यसपटक कांग्रेसले समानुपातिकमा पनि मत प्रतिशत बढाउँछ, स्पस्ट बहुमत आउनेमा दुईमत छैन ।'

उनले यो निर्वाचन सबैका लागि कोसेढुंगा सावित हुने समेत बताए । उनले केपी ओली नेतृत्वको सरकारले पटक-पकट संविधानको मुल मर्ममाथि नै प्रहार गरेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077