Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सेमिफाइनलमा पुग्न पाकिस्तानलाई १२८ रनको लक्ष्य

काठमाडौं । फास्ट बलर साहिन साह अफ्रिदीको उत्कृष्ट बलिङ गरेपछि आइतबार बंगलादेशलाई १२७ रनमै रोकेको पाकिस्तानले आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनल प्रवेशका लागि १२८ रनको लक्ष्य पाएको छ ।

प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउन समूह–२ का दुवै टिम आज जित्नै पर्ने दबाबमा छन् ।

समूह दुई अन्तर्गत एडिलेडमा जारी खेलमा बंगलादेशले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन जोडेपछि जितका लागि पाकिस्तानले रनको लक्ष्य पाएको हो ।

बंगलादेशका लागि नजमुल हुसेनले सर्वाधिक ५४ रनको योगदान गर्दा सोम्या सरकारले २० जोडे । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले सर्वाधिक ४ विकेट हात पारे । सदाब खानले २ विकेट लिए ।

यस समूहबाट भारत ६ अंक सहित सेमिफाइनलमा पुगिसकेको छ । बंगलादेश र पाकिस्तानको भने ४ खेलमा समान ४ अंक रहेको छ ।

आइतबार नै भएको खेलमा नेदरल्यान्ड्ससँग १३ रनले पराजित भएपछि दक्षिण अफ्रिका नाटकीय रुपमा समूह चरणबाटै बाहिरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077