Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतले दियो जिम्बाबेलाई १८७ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपमा भारतले जिम्बावेलाई १८७ रनको लक्ष्य दिएको छ ।

मेलबर्नमा पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनायो ।

भारतका लागि सूर्यकुमार यादवले २५ बलमा अविजित ६१ रन बनाएका थिए भने केएल राहुलले ३५ बलमा ५१ रन बनाए ।

त्यसैगरी विराट कोहलीले २६ रन बनाए भने कप्तान रोहित शर्माले १५ र ऋषव पन्तले ३ रन बनाए । त्यसैगरी हार्दिक पाण्डेयले  १८ रन बनाएका थिए ।

त्यसैगरी जिम्बाबेका बलर सीन विलियम्सले २ विकेट लिए भने सिकन्दर राजा, ब्लेसिंग मुजाराबानी र रिचार्ड एन्गाराभाले एक एक विकेट लिएका थिए ।

समुह २ बाट भारत यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ भने यो खेलको जितले समुहमा प्रथम स्थान हासिल गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077