Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

फेसबुकमा नक्कली अकाउन्ट खोलेर महिलाको चरित्र हत्या गर्ने युवक पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्‍युरोले सामाजिक सञ्जाल फेसबुकमा चरित्र महिलाको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

फेसबुकमा समिरा शर्मा (बेबी)नामको फेक आइडी बनाएर पीडितको तस्वीरसँगै अपरिचित महिलाहरुको अश्लील तस्वीर, भिडियो पोस्ट गर्नुका साथै धम्कीपूर्ण म्यासेज पठाएर मानसिक यातना दिने सप्तरीसुरूङगा नगरपालिका वडा -१ बस्ने १९ वर्षीय सुमित कुमार थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्‍याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थापामाथि प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्‍धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077