Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पक्राउ परेका चारजना सार्वजनिक

    रोशनी-शरद हत्याकाण्ड : बँदेल मार्न थापेको पासोमा परेर मृत्यु भएको खुलासा

    रोशनी-शरद हत्याकाण्ड : बँदेल मार्न थापेको पासोमा परेर मृत्यु भएको खुलासा

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 1.2K
    SHARES

    दाङ । दाङका रोशनी महतरा र शरद आचार्य हत्या-काण्डको नयाँ तथ्य फेला परेको छ । लामो अनुसन्धानपछि बँदेल मार्न थापिएको विद्युतीय धरापमा परी उनीहरूको मृत्यु भएको तथ्य प्रहरीले पत्ता लगाएको हो ।

    तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँकी १५ वर्षीया रोशनी महतरा र जिल्लाकै दंगीशरण गाउँपालिका वडा नम्बर ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव स्थानीय जंगलमा असोज ३० माटोले पुरिएको अवस्थामा फेला परेको थियो ।



    आपसमा सामाजिक संजालमा कुरा गर्दै एक अर्कालाई भेट्न घरबाहिर निस्किएका उनीहरू सोही दिन गाउँकै चार जना व्यक्तिले बँदेल मार्न थापेको विद्युतीय पासोमा परेका थिए । गाउँकै चारजना व्यक्तिले बँदेल मार्नलाई भनेर रोशनीको घर नजिककैको कुखुरा फारमबाट बिजुली बत्तीको तार तानेर करेन्टको धराप बिछ्याएका थिए । सोही धरापमा परी रोशनी र शरदको मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



    त्यसपछि घटना लुकाउन उनीहरूले ढुंगाले टाउकोलगायत शरीरका विभिन्न भागमा आक्रमण गरी शव व्यवस्थापन गरेको भन्ने खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । रोशनी र शरद आपसमा प्रेममा थिए । त्यही कारण उनीहरू एकअर्कालाई भेट्न असोज २७ गते राति करिब सवा १० बजेतिर घरबाट निस्किएका थिए ।

    त्यही क्रममा उनीहरूको विद्युतीय धरापमा परेर एकैसाथ मृत्यु भएको पक्राउ परेका चारजनाले बयान दिएका छन् । आइतबार पत्रकार सम्मेलन गरेर जनकल्याण सामुदायिक वनमा बँदेल मार्न पासो थाप्ने ४ जनालाई प्रहरीले सार्वजनिकसमेत गरेको छ ।

    पासो थापेको आरोपमा पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३ बस्ने ३९ वर्षीय गणेश भन्ने हरिश चन्द्र पौडेल, ३८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिम बहादुर बुढा र प्रकाश भन्ने अमर राज कार्की रहेको दाङका एसपी बीर बहादुर ओलीले जानकारी दिए ।

    घटना अनुसन्धानको क्रममा ७० जनासँग अप्रत्यक्ष रुपमा र ४ सय ८७ जनालाई निगरानीमा राखेर सूक्ष्म अनुसन्धान गरिएको उनले बताए । पक्राउ परेका चारै जनामाथि कर्तव्य ज्यान मुद्धामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार