Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गाडीको ठक्करबाट अटोरिक्सामा सवार एक जनाको मृत्यु ‍

    गाडीको ठक्करबाट अटोरिक्सामा सवार एक जनाको मृत्यु ‍

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    दाङ । दाङमा गाडीले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

    नेपालगंजबाट रुकुम जाँदै गरेको लु २ ख ५९१८ नम्बरको गाडीले तुलसीपुर आउँदै गरेको रा १ ह ४४५९ नं को अटोरिक्सालाई स्टार चोकमा ठक्कर दिएको हो ।



    ठक्करबाट गम्भीर घाइते भएका तुलसीपुर-१६ डोक्रेनाकाका १३ वर्षीय दामोदर भण्डारीको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते छन्।



    अटो चालक तुलसीपुर – ६ गोलौराका ५७ बर्षीय तिलबहादुर कार्कीको अवस्था गम्भीर छ। उनको टाउँको र अनुहारमा गहिरो चोट पटक लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    अटोमा सवार तुलसीपुर – १६ डोक्रेनाका ११ बर्षीया बर्षा बस्नेत, उनकी ६ बर्षीया बहिनी श्रृष्टी बस्नेत, सोही ठाउँका १८ बर्षीया अन्जु डाँगी घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार