Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • दाङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    दाङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 588
    SHARES

    फाइल तस्विर

    दाङ । दाङको लमही नगरपालिका-१ गए राति मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

    पूर्वबाट पश्चिमतर्फ गइरहेको रा ४ प ५६०७ नम्बरको मोटरसाइकलले देउखुरीको नर्तीमा ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय सन्तु चौधरीको मृत्यु भएको हो।



    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सडकमा पैदल हिँडिरहेका चौधरीलाई मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो।



    गम्भीर घाइते उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

    ठक्कर दिने मोटरसाइकल वडा प्रहरी कार्यालय लमहीमा राखिएको छ।

    मोटरसाइकल चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार