Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • दाङमा बसको ठक्करबाट १ जनाको मृत्यु

    दाङमा बसको ठक्करबाट १ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 249
    SHARES

    फाइल तस्विर

    दाङ । बसको ठक्करबाट शुक्रबार दाङमा एक जनाको मृत्यु भएको छ ।

    बबई गाउँपालिकाको चरकमटियाबाट जन्ती लिन काशीपुरतर्फ जाँदै गरेको ना ४ ख ६९४९ नम्बरको बसले शान्तिनगर–५ काशीपुरमा ठक्कर दिँदा नाम थर नखुलेका एक पुरुषको मृत्यु भएको हो ।



    दुर्घटनामा सख्त घाइते ती पुरूषलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।



    ठक्कर दिने बस चालक बबई गाउँपालिका–७ का ३२ वर्षीय अमरबहादुर चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार