Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तान्जानियाको भिक्टोरिया तालमा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

एजेन्सी । अफ्रिकी देश तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । भने २४ जनाको उद्धार गरिएको छ ।

दार–एस–सलामबाट उत्तरी क्षेत्र बुकोबाका लागि उडेको विमान भिक्टोरिया लेकमा दुर्घटनामा परेको हो । अवतरणको समयमा विमान दुर्घटनामा परेको बताइएको छ ।

प्रेसिजन एयरको यो विमानमा ४३ जना सवार थिए, जसमध्ये २६ जनालाई दुर्घटनापछि अस्पताल लगिएको थियो ।

पानीमा डुबेको विमानबाट फसेकाहरुलाई निकाल्न उद्धारकर्ताहरुलाई माझीहरुले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077