Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

युक्रेनको राजधानी कीभमा चरम उर्जा संकट, शहर छोड्न तयार रहन अपिल

एजेन्सी । रुसी आक्रमणले युक्रेनले राजधानी कीभमा चरम उर्जा संकट भएको छ ।

जसकारण शहर छोड्नुपर्ने अवस्थाको लागि तयार रहन किभका मेयर भिटाली क्लिट्स्कोले अपिल गरेका छन् ।

मेयर भिटालीले रुसी आक्रमणका कारण लाखौं युक्रेनी जनता बिजुली र खानेपानीबाट वञ्चित भएका कारण आगामी दिनमा थप समस्या हुन सक्ने भन्दै शहर छोड्ने मनस्थितिमा रहन अपील गरेका हुन् ।

युक्रेनी टेलिभिजन मार्फत सम्बोधन गर्दै मेयर भिटालीले युक्रेनको उर्जा प्रणालीको लगभग ४० प्रतिशत बिजुली प्लान्टहरु ध्वस्त भइसकेका कारण युक्रेनका अन्य शहरहरुमा पनि पूर्ण रुपमा बिजुली आपूर्ति ठप्प हुने संकेत देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077