Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पोखरामा एमालेको बृहत कार्यकर्ता भेला सुरु

काठमाडौं । पोखरामा नेकपा एमालेको वृहत कार्यकर्ता भेला सुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओली ३ घण्टा ढिला गरी कार्यक्रम स्थलमा प्रवेश गरेसँगै कार्यक्रम सुरु भएको छ ।

नेकपा एमाले कास्की जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली सोमबार नै काठमाडौंबाट पोखरा आएका हुन् ।

ओलीसँगै एमालेबाट आसन्न निर्वाचनमा कास्की क्षेत्र नम्बर १ का उम्मेदवार मनबहादुर गुरुङ, क्षेत्र नम्बर २ का विद्या भट्टराई, क्षेत्र नम्बर ३ का दामोदर पौडेल  कार्यक्रममा उपस्थित छन् ।

यस्तै, गण्डकी प्रदेशसभा तर्फ कास्की १ ‘क’ का खगराज अधिकारी, १ ‘ख’ का वेदबहादुर गुरुङ ‘श्याम’, कास्की २ ‘क’ का भीम कार्की, २ ‘ख’ का मीना गुरुङ छन् । यस्तै, कास्की क्षेत्र नम्बर ३ (१)  ‘क’ का गणेशमान गुरुङ, ३ ‘ख’का राजीव पहारी कार्यक्रममा सहभागी छन् ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन सन्दर्भमा निर्वाचन आयोगले यही कात्तिक १७ गतेदेखि १५ दिन निर्वाचन प्रचारप्रसारको समयावधि निर्धारण गरेको छ।

प्रचारप्रसारको समयावधि सुरु भएपछि कात्तिक १८ गते सुदूरपश्चिमका दार्चुला, बैतडी र कन्चनपुर जिल्लाका आमसभालाई सम्बोधन गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077