Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विष्णु पौडेललाई रूपन्देही- २ मा वामदेवको नेकपा राष्ट्रिय एकता अभियानको समर्थन गर्ने

रूपन्देही । वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानले रूपन्देहीको क्षेत्र नं २ मा नेकपा एमालेलाई सघाउने भएकाे छ।

अभियानकाे केन्द्रीय कमिटीको निर्णय अनुसार रूपन्देहीको क्षेत्र नं २ मा नेकपा एमालेलाई सघाउने गरी निर्णय भएकाे अभियानका केन्द्रीय उपाध्यक्ष महेन्द्र अर्यालले पत्रकार सम्मेलन गरी जानकारी दिए।

'हामीले केन्द्रीय कमिटीकाे बैठकबाट निर्णय गरेर रूपन्देहीको क्षेत्र नं २ मा नेकपा एमालेलाई सघाउने निर्णय गरेका छाैं,' अभियानका लुम्बिनी प्रदेश ईन्चार्ज समेत रहेका अर्यालले भने।

आगामी निर्वाचनका लागि एकता अभियानले बुटवलबाट पौडेललाई समर्थन गरेसँगै देशैभरका उम्मेदवारहरूलाई समर्थन गरेर अघि बढ्ने अभियानमा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077