Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बन्दा संविधानको रक्षा हुन्छ : कांग्रेस प्रवक्ता महत

बारा । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्दा संविधान र लोकतन्त्रको रक्षा हुने बताउका छन् ।

नेपाल प्रेस युनियन बाराद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतले यस्तो बताएका हुन् । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारणले साबिक नेकपा अहिले तीन वटा पार्टीमा परिणत भएको बताए।

उनले भने, ‘घनश्यामजी स्वतन्त्र उठ्नुभएको छ।  उहाँलाई हामीले समर्थन गरेका छौँ। देउवाजीले आफ्नो दल मात्रै नभएर अरूलाई पनि मिलाएर लान सक्नुहुन्छ। उहाँजस्तो मान्छे देशको नेतृत्वमा चाहिन्छ।’

संविधानमा भएका कमीकमजोरीलाई अर्को बाटो नखोजी संशोधन र परिमार्जित गरेर लाने लक्ष्य रहेको बताए। कानुन सही भए मात्रै देशका विकास निर्माण र सुशासन हुने प्रष्टाए।

उनले साढे १२ लाख युवालाई रोजगारी, ६५ वर्षमै वृद्ध भत्ता दिने प्रतिबद्धता समेत गरे। उनले जनताको आकांक्षालाई केन्द्रमा राखेर निरन्तर काम गर्ने बताए। उनले गठबन्धनका सम्पूर्ण उम्मेदवारलाई जिताउन लाग्न नेता कार्यकर्तालाई निर्देश समेत दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077