Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यस पटक संविधानको मर्म र भावना बुझ्नेलाई जनताले मतदान गर्छन : सिटौला

    यस पटक संविधानको मर्म र भावना बुझ्नेलाई जनताले मतदान गर्छन : सिटौला

    अनलाइन नेपाल
  • सोमबार, २१ कार्तिक २०७९
  • 729
    SHARES

    फाइल फोटो

    झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले यस पटकको निर्वाचनमा संविधानको मर्म र भावना बुझ्नेलाई जनताले मतदान गर्ने बताएका छन् ।

    भद्रपुरमा आयोजित पत्रकार भेटघाटमा कांग्रेस नेता तथा झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिटौलाले यस्तो बताएका हुन् ।



    उनले संविधानको मूल एजेन्डाविपरीत काम गर्नेलाई जनताले मत नदिने बताए । ‘जनताको मतले जितेर संसद्मा पुग्ने, र त्यही संसद्लाई भत्काउन खोज्नेलाई जनताले भोट दिन्छ र ?’ उनले प्रश्न गरे ।



    यस्तै उनले राजावादी विचार भएका उम्मेदवारलाई जनताले नस्वीकार्ने समेत बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार