Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज अमेरिकामा संसदीय निर्वाचन हुँदै

एजेन्सी । अमेरिकामा आज संसदीय निर्वाचन हुँदैछ ।

यो निर्वाचनबाट प्रतिनिधि सभाका सबै ४३५ सदस्य र माथिल्लो सदन सिनेटका एक सय सदस्य मध्ये ३५ जना चुनिनेछन् ।

यो निर्वाचनबाट विपक्षी रिपब्लिकन पार्टीले प्रतिनिधि सभामा बहुमत ल्याउने प्रक्षेपण गरिएको छ भने सिनेट भने कसको कब्जामा पुग्छ भन्न सकिने अवस्था नरहेको जनाइएको छ ।

मतदातकै दिनसम्म राष्ट्रपति जो बाइडेनसहित पूर्व राष्ट्रपति बाराक ओबामा सत्तारुढ डेमोक्रेट पार्टीको प्रचारमा जुटेका छन् भने रिपब्लिकनका चुनावी र्‍यालीहरुको अगुवाइ पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077