Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मोबाइल भ्यान खरिद प्रकरण : विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णसहित १३ जनालाई सफाइ दिने विशेष अदालतको फैसला त्रृटिपूर्ण रहेको भन्दै त्यसविरुद्ध सोमबार सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको छ ।

अख्तियारले यसअघि मोबाइल भ्यानलगायतका विभिन्न सामग्री खरिदमा अनियमितता भएको ठहरसहित विभागका महानिर्देशक कर्णसहित १३ जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको थियो ।

महानिर्देशक कर्ण तथा पूर्णचन्द्र वस्ती, रविता श्रेष्ठ, गुरुदत्त गौतमसहितका १३ कर्मचारी तथा व्यापारीले मिलेमतो गरी गुणस्तरहीन सामान खरिद गरेको ठहरसहित अख्तियारले २४ करोड ८० लाख ९५ हजार ९ सय १६ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर, विशेष अदालतले भने हचुवाका आधारमा सबै प्रमाणको अध्ययन नै नगरी सफाइ दिएको भन्दै त्यसविरुद्ध अख्तियार सर्वोच्चमा गएको हो ।

अख्तियारले विशेषको फैसला त्रृटिपूर्ण रहेको र महानिर्देशक कर्णलगायतका कर्मचारीले भ्रष्टाचार गरेको भन्दै १० वटा आधार सर्वोच्च अदालतसमक्ष पेस गरेको छ । जसअनुसार विशेष त्यस प्रकरणमा विशेष अदालतबाट मिसिलमा भएका सम्पूर्ण कागजप्रमाणको अध्ययन नै नगरी प्रतिवादीको पक्षमा भएका कागजातलाई मात्रै प्रमाणमा लिई फैसला गरेको अख्तियारको दाबी छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077