Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मध्यावधि चुनाव जनमतसंग्रह होइन, दुई भिजनबीचको निर्वाचन हो : जो बाइडेन

    मध्यावधि चुनाव जनमतसंग्रह होइन, दुई भिजनबीचको निर्वाचन हो : जो बाइडेन

    अनलाइन नेपाल
  • मंगलबार, २२ कार्तिक २०७९
  • 705
    SHARES

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा हुन गइरहेको मध्यावधि निर्वाचनलाई जनमतसंग्रह नभएको बताएका छन् ।

    मेरिल्याण्डमा ऐतिहासिल ब्ल्याक युनिभर्सिटीमा मानिसहरुलाई सम्बोधन गर्दै बाइडेनले सो कुरा बताएका हुन् ।



    उनले भने, ‘यो चुनाव जनमतसंग्रह होइन, यो अमेरिकाको विषयमा दुई भिजनबीचको निर्वाचन हो ।’ अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति तथा रिपब्लिकनका नेता डोनाल्ड ट्रम्पले आफ्नो निर्वाचनको अन्तिम दिनको प्रचार गरेका छन् ।



    सोमबार जो बाइडेन र ट्रम्पले ओहायोमा र्‍याली गरेका हुन् । आज निर्वाचनको लागि मतदान हुँदैछ ।

    सन् २०२० को नोभेम्बरमा बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति चुनिएका थिए। त्यसको दुई वर्षपछि मध्यावधि निर्वाचन हुन गइरहेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार