Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कमल थापाले भने - विप्लवसँग ओली सरकारले गरेका सम्झौता कार्यान्वयन होस्

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग तत्कालीन केपी ओली सरकारले गरेका सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।

मंगलबार सामाजिक संजालमा लेख्दै मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट उम्मेदवार बनेका थापाले यस्तो बताएका हुन् ।

थापाले लेखेका छन्, ‘तत्कालीन केपी ओली सरकारले विप्लव नेतृत्वको माओवादीलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याएको थियो ।

तर सरकारसँग भएको सम्झौता गठबन्धन सरकारले कार्यान्वयन नगर्दा सो दल निर्वाचन बिथोल्ने कार्यमा क्रियाशील भएको छ।’

उनले गठबन्धन सरकारले सम्झौता कार्यान्वयन नगर्दा विप्लवको पार्टी अहिले निर्वाचन बिथोल्ने अवस्थामा पुगेको बताए।

विप्लव नेतृत्वको नेकपा अहिले चुनाव विरोधी गतिविधिमा सक्रिय छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077