Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यस्तो छ नेपाली समय अनुसार विश्वकप फुटबलको खेल तालिका

    यस्तो छ नेपाली समय अनुसार विश्वकप फुटबलको खेल तालिका

    अनलाइन नेपाल
  • मंगलबार, २२ कार्तिक २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । फिफा विश्वकप फुटबल आउन अब दुई साता भन्दा कम समय बाँकी छ । पहिलोपल्ट जाडो मौसममा आयोजना हुन लागेको विश्वकपका लागि संसारभरका उत्कृष्ट ३२ टिमबीच प्रतिस्पर्धा हुन् लागेको हो ।

    आगामी मंसिर ४ गते हुने फिफा विश्वकप फुटबल-२०२२ को उद्‍घाटनमा घरेलु टोली कतारले इक्वेडरको सामना गर्नेछ।



    समूह एमा रहेका कतार र इक्वेडरबीचको खेल मंसिर ४ गते आइतबार नेपाली समय अनुसार राति ९:४५ बजे अल बायत स्टेडियममा हुनेछ।



    पहिलो दिन एउटा मात्र खेल हुने विश्वकप २०२२ को फाइनल खेल पुस ३ गते आइतबार नेपाली समय अनुसार राति ८:४५ बजे सुरू हुनेछ। कतार विश्वकपमा ३२ टोलीको सहभागिता रहनेछ।

    समूह चरणमा एक दिनमा ४ खेल हुनेछन्। समूह चरणको खेल १२ दिनसम्म मंसिर ४ देखि १६ सम्म हुनेछ। यसअघि जुन र जुलाईमा विश्वकप फुटबल हुँदै आएको थियो ।

    तर कतारमा अत्यधिक गर्मी हुने भएकोले आयोजकले पहिलो पटक विश्वकप नोभेम्बरमा गर्न लागेको हो। समूह चरणका खेलहरु चार फरक समयमा सुरु हुनेछन् ।

    विश्वकपको प्रशारण अधिकार नेपालमा मिडिया हवले पाएको छ । त्यसमार्फत हिमालय प्रिमियम टेलिभिजनमा विश्वकप प्रत्यक्ष प्रशारण हेर्न पाइने छ ।

    नेपाल भन्दा कतारको समय दुई घण्टा ४५ मिनेट ढिला छ । विश्वकपअन्तर्गत दिनको पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बने सुरु हुनेछ ।

    पौने सात, पौने नौ, पौने १० र राति पौने १ गरी फरक फरक समयमा खेल सन्चालन हुनेछन् । विश्वकपको समूह चरणका ४८ र नकआउट चरणका १६ गरी गरी कूल ६४ खेल हुनेछ ।

    यस्तो छ विश्वकपका खेलहरु हुने मिति र समय : 

    समूह चरण

    मंसिर ४, २०७९

    १. कतारविरुद्ध इक्वेडर (राति ९:४५ बजे) – समूह ‘ए’

    मंसिर ५

    २. सेनेगलविरुद्ध नेदरल्यान्ड्स (राति ९:४५ बजे) – समूह ‘ए’

    ३. इंग्ल्यान्डविरुद्ध इरान (राति ६:४५ बजे) – समूह ‘बी’

    ४. अमेरिकाविरुद्ध वेल्स (राति १२:४५ बजे) – समूह ‘बी’

    मंसिर ६

    ५. फ्रान्सविरुद्ध अष्ट्रेलिया (राति १२:४५ बजे) – समूह ‘डी’

    ६. डेनमार्कविरुद्ध ट्युनिसिया (राति ६:४५ बजे) – समूह ‘डी’

    ७. मेक्सिकोविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे) – समूह ‘सी’

    ८. अर्जेन्टिनाविरुद्ध साउदी अरेविया (दिउँसो ३:४५ बजे) – समूह ‘सी’

    मंसिर ७

    ९. बेल्जियमविरुद्ध क्यानडा (राति १२:४५ बजे) – समूह ‘एफ’

    १०. स्पेनविरुद्ध कोस्टा रिका (राति ९:४५ बजे) – समूह ‘ई’

    ११. जर्मनीविरुद्ध जापान (राति ६:४५ बजे) – समूह ‘ई’

    १२. समूह ‘एफ’ – मोरोक्कोविरुद्ध क्रोएसिया (दिउँसो ३:४५ बजे) – समूह ‘एफ’

    मंसिर ८

    १३. स्वीट्जरल्यान्डविरुद्ध क्यामरुन (दिउँसो ३:४५ बजे) – समूह ‘जी’

    १४. उरुग्वेविरुद्ध दक्षिण कोरिया (राति ६:४५ बजे) – समूह ‘एच’

    १५. पोर्चुगलविरुद्ध घाना (राति ९:४५ बजे) – समूह ‘एच’

    १६. ब्राजिलविरुद्ध सर्विया (राति १२:४५ बजे) – समूह ‘जी’

    मंसिर ९

    १७. वेल्सविरुद्ध इरान (दिउँसो ३:४५ बजे) – समूह ‘बी’

    १८. कतारविरुद्ध सेनेगल (राति ६:४५ बजे) – समूह ‘ए’

    १९. नेदरल्यान्ड्सविरुद्ध इक्वेडर (राति ९:४५ बजे) – समूह ‘ए’

    २०. इंग्ल्यान्डविरुद्ध अमेरिका (राति १२:४५ बजे) – समूह ‘बी’

    मंसिर १०

    २१. ट्युनिसियाविरुद्ध अष्ट्रेलिया (दिउँसो ३:४५ बजे) – समूह ‘डी’

    २२. पोल्यान्डविरुद्ध साउदी अरेविया (राति ६:४५ बजे) – समूह ‘सी’

    २३. फ्रान्सविरुद्ध डेनमार्क (राति ९:४५ बजे) – समूह ‘डी’

    २४. अर्जेन्टिनाविरुद्ध मेक्सिको (राति १२:४५ बजे) – समूह ‘सी’

    मंसिर ११

    २५. जापानविरुद्ध कोस्टा रिका (दिउसो ३:४५ बजे) – समूह ‘ई’

    २६. बेल्जियमविरुद्ध मोरोक्को (राति ६:४५ बजे) – समूह ‘एफ’

    २७. समूह ‘एफ’ – क्रोएसियाविरुद्ध क्यानडा (राति ९:४५ बजे) – समूह ‘एफ’

    २८. स्पेनविरुद्ध जर्मनी (राति १२:४५ बजे) – समूह ‘ई’

    मंसिर १२

    २९. क्यामरुनविरुद्ध सर्विया (दिउँसो ३:४५ बजे) – समूह ‘जी

    ३०. दक्षिण कोरियाविरुद्ध घाना (राति ६:४५ बजे) – समूह ‘एच’

    ३१. ब्राजिलविरुद्ध स्वीट्जरल्यान्ड (राति ९:४५ बजे) – समूह ‘जी

    ३२. पोर्चुगलविरुद्ध उरुग्वे (राति १२:४५ बजे) – समूह ‘एच’

    मंसिर १३

    ३३. वेल्सविरुद्ध इंग्ल्यान्ड (राति १२:४५ बजे) – समूह ‘बी’

    ३४. इरानविरुद्ध अमेरिका (राति १२:४५ बजे) – समूह ‘बी’

    ३५. इक्वेडरविरुद्ध सेनेगल (राति ८:४५ बजे) – समूह ‘ए’

    ३६. नेदरल्यान्ड्सविरुद्ध कतार (राति ८:४५ बजे) – समूह ‘ए’

    मंसिर १४

    ३७. अष्ट्रेलियाविरुद्ध डेनमार्क (राति ८:४५ बजे) – समूह ‘डी’

    ३८. ट्युनिसियाविरुद्ध फ्रान्स (राति ८:४५ बजे) – समूह ‘डी’

    ३९. पोल्यान्डविरुद्ध अर्जेन्टिना (राति १२:४५ बजे) – समूह ‘सी’

    ४०. साउदी अमेरिकाविरुद्ध मेक्सिको (राति १२:४५ बजे) – समूह ‘सी’

    मंसिर १५

    ४१. क्रोएसियाविरुद्ध बेल्जियम (राति ८:४५ बजे) – समूह ‘एफ’

    ४२. क्यानडाविरुद्ध मोरोक्को (राति ८:४५ बजे) – समूह ‘एफ’

    ४३. जापानविरुद्ध स्पेन (राति १२:४५ बजे) – समूह ‘ईं’

    ४४. कोस्टा रिकाविरुद्ध जर्मनी (राति १२:४५ बजे) – समूह ‘ईं’

    मंसिर १६

    ४५. घानाविरुद्ध उरुग्वे (राति ८:४५ बजे) -समूह ‘एच’

    ४६. दक्षिण कोरियाविरुद्ध पोर्चुगल (राति ८:४५ बजे – समूह ‘एच’

    ४७. सर्वियाविरुद्ध स्वीट्जरल्यान्ड (राति १२:४५ बजे) -समूह ‘जी’

    ४८. क्यामरुनविरुद्ध ब्राजिल (राति १२:४५ बजे) – समूह ‘जी’

    प्रि–क्वाटरफाइनल (नकआउट)

    मंसिर १७ शनिबार

    ४९. समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता (राति ८:४५ बजे)

    ५०. समूह ‘सी’ को विजेता र समूह ‘डी’ को उपविजेता (राति १२:४५ बजे)

    मंसिर १८ गते आइतबार

    ५१. समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को विजेता (राति १२:४५ बजे)

    ५२. समूह ‘डी’ को विजेता र समूह ‘सी’ को उपविजेता (राति ८:४५ बजे)

    मंसिर १९ गते सोमबार

    ५३. समूह ‘ईं’ को विजेता र समूह ‘एफ’ को उपविजेता (राति ८:४५ बजे)

    ५४. समूह ‘जी’ को विजेता र समूह ‘एच’ को उपविजेता (राति १२:४५ बजे)

    मंसिर २० गते मंगलबार

    ५५. समूह ‘एफ’ को विजेता र समूह ‘ईं’ को उपविजेता (राति ८:४५ बजे)

    ५६. समूह ‘एच’ को विजेता र समूह ‘जी’ को उपविजेता (राति १२:४५ बजे)

    क्वाटरफाइनल

    मंसिर २३ गते शक्रबार

    ५७. खेल नम्बर ४९ को विजेता र खेल नम्बर ५० को विजेता (राति १२:४५ बजे)

    ५८. खेल नम्बर ५३ को विजेता र खेल नम्बर ५४ को विजेता (राति ८:४५ बजे)

    मंसिर २४ गते शनिबार

    ५९. खेल नम्बर ५१ को विजेता र खेल नम्बर ५२ को विजेता (राति १२:४५ बजे)

    ६०. खेल नम्बर ५५ को विजेता र खेल नम्बर ५६ को विजेता (राति ८:४५ बजे)

    सेमिफाइनल

    मंसिर २७ गते मंगलबार

    ६१. खेल नम्बर ५७ को विजेता र खेल नम्बर ५८ को विजेता (राति १२:४५ बजे)

    मंसिर २८ गते बुधबार

    ६२. खेल नम्बर ५९ को विजेता र खेल नम्बर ६० को विजेता (राति १२:४५ बजे)

    तेस्रो स्थान

    पुस २ गते शनिबार

    ६३. खेल नम्बर ६१ को उपविजेता र खेल नम्बर ६२ को उपविजेता (राति ८:४५ बजे)

    फाइनल

    पुस ३ गते आइतबार

    ६४. खेल नम्बर ६१ को विजेता र खेल नम्बर ६२ को विजेता (राति ८:४५ बजे)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार