एजेन्सी । अमेरिकामा मंगलबार मध्यावधि निर्वाचनमा मतदान सुरु भएको छ ।
यो निर्वाचनबाट प्रतिनिधि सभाका सबै ४३५ सदस्य र माथिल्लो सदन सिनेटका एक सय सदस्य मध्ये ३५ जना चुनिनेछन् ।
रिपब्लिकनहरूले कङ्ग्रेसको बहुमतलाई चुनौती दिँदै अर्को दुई वर्षका लागि राष्ट्रपति जो बाइडेनको एजेन्डा रोक्न र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउस फर्कने बाटो खुला गर्ने दाबी गरिरहेका छन्।
देशको पूर्वी तटमा मतदान केन्द्रहरू बिहान ६ः०० बजेदेखि खुला गरिएका छन् ।