Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कार्यकर्तालाई प्रचण्डले भने - भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्नु

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डोटी केन्द्र भएर गएको भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रचण्डले आफ्नो फेसबुक पेजमा लेख्दै भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन दिएकाका हुन् ।

मृतजनहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले आफ्नो फेसबुक पेजमा लेखेका छन्,‘भूकम्पमा परि घाइते तथा प्रभावित परिवारको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

प्रभावित जनतालाई उद्धार तथा राहतमा जुट्न मातहतका पार्टी कमिटीका कमरेडहरूलाई निर्देशित गर्न चाहन्छु ।’

प्रचण्डले प्राकृतिक विपत्तिको यो दुस्खद घडीमा घाइतेहरूको यथाशीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्काल पहल गर्न, प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश र सङ्घीय सरकारसँग अपिल गरेका छन् ।

बुधबार बिहान २:१२ बजे डोटीमा केन्द्र बनाएर गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077