Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रवक्ता महतले भने - कामको प्रचार गर्न नजानेर कांग्रेसले दु:ख पायो

विराटनगर । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले मतदातालाई नियन्त्रण गर्न नसक्ने बताएका छन्। विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतले यस्तो बताएका हुन् ।

उनले मतदातालाई नियन्त्रण गर्न नसकेपनि पार्टी पंक्ति भने इमान्दारपूर्वक गठबन्धनलाई मत हाल्ने बताए । उनले कांग्रेसलाई इमान्दारपूर्वक गठबन्धनलाई मत नहालेको आरोप अब नलाग्ने बताए ।

महतले अहिलेको निर्वाचन प्रणालीले गर्दा एक्लै बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन भएको समेत बताए ।

उनले भने,’कांगेस काम गरेको प्रचार गर्न नजानेकाले दु:ख पाएको छ । हामीले खुरु खुरु काम गर्यौ । अरुले प्रचार गरे ।’

उनले एमालेको गठबन्धनले लगानी भित्राउन नसक्ने दाबी गरे । महतले एमाले अध्यक्ष ओलीको नेतृत्वमा कुरा धेरै भएको तर काम नभएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077