Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डोटी भूकम्प : घाइते दुई जनालाई हेलिकोप्टरबाट धनगढी पठाइयो

डोटी । भूकम्पमा परि घाईते भएका दुई जनालाई जिल्ला अस्पताल डोटीले धनगढी रिफर गरेको छ ।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको हो ।

पूर्वीचौकी गाउँपालिका–३ की ४० बर्षीया चना बोहरा र ५० वर्षीया बिष्ना बोहरालाई रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

अन्य घाइतेहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको डोटी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077