Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • साढे १० केजी सालकको खपटासहित बिक र मगर पक्राउ

    साढे १० केजी सालकको खपटासहित बिक र मगर पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 654
    SHARES

    काठमाडौं । प्रहरीले १० केजी ५ सय ग्राम तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित २ जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले गोंगवु चोकबाट रामेछाप दोरम्बा गाउँपालिका-७ थापागाउँ घर भएका ३८ वर्षीय प्रेम बहादुर बिक र खोटाङ अर्खल गाउँपालिका–९ घर भएका २१ वर्षीय अर्जुन मगरलाई पक्राउ गरेको हो ।



    उनीहरूले सालकको खपेटा बोकी हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त तौलको सालकको खपेटा फेला पारी पक्राउ गरेको प्हरीले जनाएको छ ।



    साथै प्रेम बहादुर बिक सवार बा।५८ प ८३३७ नम्बरको मोटरसाइकल र अर्जुन मगर सवार बा।प्र ०२–०२८ प ७६७२ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार