Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

निर्वाचनपछि केन्द्र र प्रदेशमा गठबन्धनकै सरकार बन्छ : कांग्रेस प्रवक्ता महत

विराटनगर । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलले बहुमत ल्याउने दाबी गरेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन टेलिभिजन समन्वय तथा प्रचार समितिद्वारा बुधवार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।

उनले भने, ‘निर्वाचनमा गठबन्धन दलका उम्मेदवार अत्याधिक स्थानमा विजयी हुन्छन् । केन्द्र र ७ प्रदेशमा गठबन्धन दलको सरकार निर्माण हुन्छ ।’

महतले सम्पूर्ण नागरिकहरूलाई जोड्न नेतृत्व गर्ने पार्टी कांग्रेस मात्र भएको बताए । महतले भने, ‘कांग्रेसले अन्य दलको जस्तो सपना बाँड्न काम गर्दैन, जे बोल्छ त्यो पूरा गर्छ ।’

मुलुकमा पछाडि परेका लक्षित वर्गलाई केन्द्रविन्दुमा राखेर पार्टीले विभिन्न योजना ल्याएको जानकारी दिँदै उनले कोखदेखि शोकसम्म, ज्येष्ठ नागरिक उपचार, सामाजिक सुरक्षा भत्तामा ६५ वर्षमा प्राप्त गर्ने जस्ता कार्यक्रम आफ्नो चुनावी घोषणा पत्रमा ल्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077