Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानविरुद्ध टस जितेर ब्याटिङ गर्दै न्युजिल्यान्ड

काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपअन्तर्गत पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।

सिड्नी क्रिकेट मैदानमा न्युजिल्यान्डका कप्तान केन विलियमसनले टस जितेर पहिले ब्याटिङ चुनेका हुन् ।

पाकिस्तानले केही बेरमा न्युजिल्यान्डविरुद्ध बलिङ थाल्नेछ । आजको खेलमा जित निकाल्दै पाकिस्तान दोस्रो उपाधि नजिक पुग्ने योजनामा छ ।

यता न्युजिल्यान्ड पनि लगातार दोस्रो पटक विश्वकपमा फाइनल पुग्दै उपाधि जित्ने योजनामा छ ।

न्युजिल्यान्ड समूह विजेता र पाकिस्तान समूह उप-विजेताका रूपमा सेमिफाइनल पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077