Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तान विश्वकपको फाइनलमा

काठमाडौं । पाकिस्तान आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो ।

न्यूजिल्यान्डले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो । पाकिस्तानलाई जित दिलाउन मोहमद रिजवानले ५७ रन तथा बाबर आजमले ५३ रन योगदान गरे । न्यूजिल्यान्डका ट्रेन्ट बोल्टले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५२ रन जोड्यो ।

न्यूजिल्यान्डका लागि डेरिल मिचेलले ५३ रन तथा केन विलियम्सनले ४६ रनको योगदान गरे । । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले सर्वाधिक २ विकेट लिए ।

पाकिस्तानले अब फाइनलमा भारत र इंग्ल्यान्डबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल बिहीबार हुनेछ । फाइनल भने आइतबारका लागि तय गरिएको छ ।

पाकिस्तान तेस्रो पटक फाइनलमा पुगेको हो । यसअघि उसले एक पटक उपाधि जितेको थियो ।

अब विश्वकपको फाइनलमा पाकिस्तानले भारत र ईङल्याण्डबीचको विजेतासँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077