एजेन्सी । अमेरिकामा मंगलबार भएको संसदीय निर्वाचनको मतगणना जारी छ । अमेरिकी संसदमा कुन दलले नियन्त्रण बनाउँछ भन्ने अझै निश्चित हुन सकेको छैन ।
मतगणनाको प्रारम्भिक नतिजाले विपक्षी रिपब्लिकनले कंग्रेसमा नियन्त्रण गर्ने संकेत गरेकोमा परिणाम घोषणा हुँदै जाँदा रिपब्लिकनहरुले मत सर्वेक्षणहरूले देखाए जस्तो भारी बहुमत नपाउने प्रष्ट भएको छ । यद्यपी तल्लो सदन प्रतिनिधिसभा भने विपक्षी रिपब्लिनकनको स्पष्ट बहुमत पुग्ने देखिएको छ ।
अहिलेसम्म घोषित परिणाममा ४३५ सदस्यीय प्रतिनिधिसभामा रिपब्लिकनले २०७ सिट जितेका छन् भने सत्तारुढ डेमोक्रेट्सले १७८ सिट जितेका छन् ।
प्रतिनिधिसभामा २१८ सिटले बहुमत पुग्दछ । माथिल्लो सदन सिनेटमा अहिलेसम्म रिपब्लिकनले ४९ सिट पुगेको छ भने डेमोक्रेट्सको ४८ सिट पुगेको छ ।