Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ग्यास लिक भएर आगलागी : बालकको मृत्यु, आमा घाइते

भोजपुर । भोजपुरमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक बालकको मृत्यु भएको छ ।

जिल्लाको हतुवागढी गाउँपालिका–५ शान्त कुमार राईको घरमा गएराति ग्यास लिक भएर आगलागी भएको हो ।

आगलागीबाट शान्त कुमारका ६ वर्षीय छोरा आयुष राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगलागीमा परि राईकी श्रीमती र छोरा घाइते भएका थिए ।

बालकको उपचारका क्रममा धरान घोपा क्याम्पमा मृत्यु भएको हो । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077