Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डोटी भूकम्पपछि आसपासका क्षेत्रमा तीन सय परकम्प

डोटी । डोटी भूकम्पपछि त्यस आसपास क्षेत्रमा लगातार परकम्प गइरहेका छन् ।

आज बिहीबार बिहान ८ बजेसम्म ३०० परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पछिल्लो पटक आज बिहान ५ बजेर १३ मिनेट जाँदा बाजुरामा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको परकम्प गएको केन्द्रले जनाएको छ ।

यसअघि डोटीमा बुधबार बिहान सवा २ बजेतिर मानवीय क्षति हुने गरी ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

उक्त भूकम्पले घर भत्किंदा ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077