Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आईसीसी टी-२० विश्वकप : भारतलाई दस विकेटले हराउँदै इङ्ल्यान्ड फाइनलमा

एजेन्सी । इङ्ल्यान्ड सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै आईसीसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ।

एडेलेड ओभरमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रनको योगफल तयार गरेको थियो।

दोस्रो इनिङमा एक सय ६९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६ ओभरमा विकेट नगुमाई लक्ष्य पूरा गर्‍यो।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ६ विकेटको क्षतिमा १६९ रन बनाएको थियो।

भारतका लागि हार्दिक पाण्ड्याले ६३, विराट कोहलीले ५०, रोहित शर्माले २७ र सूर्यकुमार यादवले १४ रन बनाएका थिए।

इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन, क्रिस वेक्स र अदिल रशिदले एक-एक विकेट लिए।

यसअघि नै पाकिस्तान न्यूजिल्यान्डलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ। अब कात्तिक २७ गते फाइनलमा पाकिस्तान र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077