Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन थापालाई भोट माग्दै डा. केसीले भने - सबै युवा नेतालाई शुभकामना

काठमाडौं । चिकित्सा शिक्षा सुधारको अभियन्ता डा. गोविन्द केसीले गगन थापाका लागि मत मागेका छन् ।

एक भिडियो सन्देशमार्फत डा. केसीले काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार थापाका लागि मत मागेका हुन् ।

उनले मेडिकल शिक्षा, स्वास्थ्य क्षेत्र र सुशासनको आफ्नो अभियानमा गगन थापाले एक दशकदेखि साथ दिएको बताए । ‘कति उपलब्धी त उहाँको सहयोग नभएको भए प्राप्त हुँदैनथ्यो’ केसीले भनेका छन्, ‘गगन थापा र उहाँजस्तै चरित्र भएका सबै युवा नेतालाई शुभकामना छ ।’

आफ्नो विवेकमा उभिएर बोल्ने र त्यसमै अडिग रहन सक्ने युवा नेताहरुको सानो सूची गगन थापा रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077