Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचारप्रसारमा अवरोध गरेपछि एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–५ ओखलमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।

एमाले प्रदेश सभा २ का उम्मेदवार रामदत्त जोशीको टोलीमाथि गठबन्धनका कार्यकर्ताले प्रचारमा अवरोध गरेपछि बिहीबार बेलुकी झडप भएको हो ।

चुनावी प्रचारप्रसारका क्रममा झडप हुँदा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइते हुनेमा गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका-६ का जहेन्द्र धामी, सोही ठाउँका जगत धामी र एमालेका कार्यकर्ता मार्मा गाउँपालिका-३ का वीरेन्द्र विष्ट र शैल्यशिखर नगरपालिका-९ का सुरेश बादी रहेका छन् ।

घाइतेहरुको लटिनाथ अस्पतालमा उपचार भइरहेको दार्चुला प्रहरीले जनाएको छ । घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य र घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077