Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ यू–१५ महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बङ्लादेश खेल्दै

काठमाडौं । साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र घरेलु टोली बंगलादेश खेल्दैछन् । डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपाललले आज बंगलादेशसँग खेल्न लागेको हो ।

ढाकामा हुने खेल दिउँसो सवा चार बजे सुरु हुनेछ । नेपाल र बंगलादेशबीचको खेल फाइनल सरहको खेल हो । यस खेलको विजेताले नै उपाधि उचाल्ने छ ।

नेपाल आज बंगलादेशलाई हराएर उपाधि उचाल्न चाहन्छ। तर, नेपाललाई बलियो बंगलादेशविरुद्ध जित निकाल्न सहज हुने छैन ।

नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।​

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077