Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • ठूला राजनीतिक दलहरु भागबन्डामै रमाएका छन् : प्रकाशचन्द्र लोहनी

    ठूला राजनीतिक दलहरु भागबन्डामै रमाएका छन् : प्रकाशचन्द्र लोहनी

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 744
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता डा.प्रकाशचन्द्र लोहनीले नेपाली जनताले ठूला राजनीतिक पार्टीलाई गरेको विश्वासको दुरुपयोग भइरहेको बताएका छन् ।

    शुक्रबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता लोहनीले यस्तो बताएका हुन् । उनले जनताको मत लिएर भागबन्डा, संविधान विघटनमा ठूला दल रमाएको बताए ।



    उनले आफुहरुले यसो भन्दा प्रतिगमनको बिल्ला भिराउने गरिएकोमा आपत्ति समेत जनाए ।



    लोहनीले अहिले ‘लथालिङ्ग देशको भताभुङ्ग चाला जुन पार्टीले सक्ला त्यही पार्टीले खाला’ भन्ने भएको भन्दै नव सामन्तवादका प्रेतात्माहरूले ‘कुत’ खाएर बसिरहेको आरोप लगाए ।

    उनले यस्तै अवस्था रहे देशमा अशान्ति र अराजकता हुँदै युक्रेनको बाटोमा जाने र शासकहरुले सोही दिशामा लगिरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार