Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • समानुपातिक बन्दसूचीमा राणा–लोहनी हानाथाप, गोप्य मतदानबाट टुंगियो विवाद

    समानुपातिक बन्दसूचीमा राणा–लोहनी हानाथाप, गोप्य मतदानबाट टुंगियो विवाद

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 711
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई पूर्वअध्यक्षबीच आगामी प्रतिनिधिसभा समानुपातिक बन्दसूचीमा ‘को अगाडि पर्ने ?’ भन्ने विषयले रोचक वातावरण बनाएको छ ।

    पूर्वअध्यक्ष पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच समानुपातिक बन्दसूचीमा ‘को अघि बस्ने ?’ भन्ने विषयमा विवाद भएपछि सोमबार राप्रपा केन्द्रीय कार्यसम्पादन समितिले गोप्य मतदान गरी विवाद मिलाएको छ ।



    राप्रपा कार्यसम्पादन समितिमा २१ सदस्यलाई मताधिकार छ । उनीहरूमध्ये अध्यक्ष राजेन्द्र लिङ्देनले भने मतदान गरेनन् । मतदान क्रममा राणालाई ११ र र लोहनीलाई ९ मत प्राप्त भएको छ । उनीहरू दुबैको नाम पार्टीले समानुपातिक निर्वाचनका लागि पेस गरेको बन्दसूचीमा समावेश छन् । तर, बन्दसूचीमा अन्तिम संशोधन गर्दा दुईमध्ये ‘कसको नाम अगाडि राख्ने ?’ भन्नेमा समस्या देखिएको थियो ।



    वरियता विषयमा विवाद भएपछि अध्यक्ष लिङ्देनले नेताद्वयलाई नै छलफल गरी निर्णय दिन भन्दै आएका थिए । तर, दुबै नेताको अडानका कारण समस्या समाधान नभएपछि सोमबार बसेको कार्यसम्पादन समिति बैठकले मतदानबाट निर्णय लिएको हो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार