Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रचण्डले सुशासन दिन्छु भन्नु झुटको खेती मात्रै हो : प्रकाशचन्द्र लोहनी

    प्रचण्डले सुशासन दिन्छु भन्नु झुटको खेती मात्रै हो : प्रकाशचन्द्र लोहनी

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 591
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रष्टाचार विरोधी अभियान नै भ्रमको खेती भएको आरोप लगाएका छन् ।

    सामाजिक सञ्जालमार्फत लोहनीले प्रधानमन्त्रीप्रचण्डको भ्रष्टाचार विरोधी अभियानमाथि प्रश्न उठाएका हुन् । लोहनीले सुन प्रकरणमा मुछिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई छानबिनको दायरामा ल्याउन माग गरे ।



    विद्युतीय चुरोटभित्र ९ किलो सुन तस्करी भएको प्रकरणमा महरा र उनका छोरा राहुल मुछिएको प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्युरोले दिएपनि सरकारले छानबिनको दायरामा ल्याउन आनाकानी गरेको लोहनीको आरोप छ ।



    सरकारले उनीहरुसँग बयान लिन समेत नसक्नके हो भने प्रचण्ड नेतृत्वको सरकारले सुशासन दिन्छु भन्नु सरासर झुट हुने उनको टिप्पणी छ ।

    चिनियाँ तस्करसँग माओवादीका नेताहरूको नाम जोडिएपछि बयान समेत नलिएपछि प्रधानमन्त्री प्रचण्डले सुशासन दिन्छु भन्नु सरासर झुट साबित भएको उनको टिप्पणी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार