Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीमाथि हर्क साम्पाङको टिप्पणी - अनपढले राष्ट्रिय बजेटको कुरा गर्ने ?, कठै बरा... गफाडी !

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अनपढ भनेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले धरानमा शुक्रवार आयोजित चुनावी सभामा साम्पाङलाई धरानले जिताउने बेलामा आँखा नदेखेको भन्दै व्यंग्य गरेका थिए ।

सोही अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा साम्पाङले ओलीप्रति तीखो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, 'उभिएर भाषण सम्म गर्न नसक्नेले हर्क साम्पाङलाई चुनौती दिएर गएछ ! कठै बरा ... गफाडी ! उसको घरको उसको व्यक्तिगत कमाइ जस्तो गर्दो रैछ ! राष्ट्र के हो भन्ने सम्म नबुझ्ने अन्पढले राष्ट्रिय बजेटको कुरा गर्ने ? गोज्याङ्ग्रा'

यस्तै साम्पाङले केही समय अगाडि सामाजिक सञ्जालमा अर्को स्ट्याटस लेख्दै ओलीले घरघरमा ग्याँसको पाइप पुर्‍याएको पानी जहाजमा कुदाएको भन्दै व्यंग्य पनि गरेका थिए । ओलीले धरानमा चुनावी सभाका क्रममा आफ्नो सरकार बने कोसीको पानी ल्याउने बताएका थिए ।

जवाफमा कोसीको पानी ओलीले नभइ आफैँले ल्याउने साम्पाङले दाबी गरे । ‘ग्यासको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई सयर गराउनेले कोसीको पानी ल्याउने गफ दिएछ। म ल्याउँछु पानी कोसीको। धेरै चुनौती नदिँदा हुन्छ हाउडेले१’ साम्पाङले लेखेको स्टाटसमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077