काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेललाई राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान बनाएको छ ।
बलात्कारको आरोप लागेका कारण तत्कालीन कप्तान सन्दीप लामिछानेलाई क्यानले निलम्बन गरेपछि पौडेल नयाँ कप्तान बनेका हुन् ।
यसअघि सन्दीप कप्तानन हुँदा रोहित उपकप्तान थिए । सन्दीप बलात्कार मुद्दामा हाल पुर्पक्षका लागि थुनामा छन् ।
सन्दीप गत पुसमा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए ।