Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप : उपाधिका लागि एपीएफ र आर्मी खेल्दै

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली भिड्दै छन् ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबबीच बिहान ९ बजेबाट प्रतिस्पर्धा सुरू हुनेछ ।

राजेश पुलामीले सम्हालिएको ब्याटिङ प्रदर्शन गरेपछि त्रिभुवन आर्मी क्लवले नेपाल पुलिस क्लवमाथि दुई विकेटको रोमाञ्चक जित निकाल्दै शुक्रबार फाइनलमा एपिएफसँगको भेट पक्का गरेको हो ।

शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुलिसले दिएको ३ सय ५ रनको लक्ष्य आर्मीले एक बल बाँकी रहँदा आठ विकेटको क्षतीमा पूरा गरेको थियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद पुरस्कार पाउने छन् भने उपविजेताले ५ लाख पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077