Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मनीषा कोइरालालाई बाबुरामको सुझाव - गणतन्त्र उल्टिदैन, समय र शक्ति बर्बाद नगरौं

काठमाडौं । बलिउड अभिनेत्री मनीषा कोइराला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सभामा सहभागी भएपछि नेपाली राजनीतिमा तरंग छाएको छ। शुक्रबार राप्रपाले काठमाडौंको वसन्तपुरमा आयोजना गरेको चुनावी सभामा मनीषा पनि सहभागी हुँदै राप्रपालाई भोट मागेकी हुन् । चुनावी सभामा बोल्दैराप्रपाले बीपीको मेलमिलाप नीति बोकेको बताउँदै नेपालमा राजतन्त्र आवश्यक भएको बताएकी थिइन् । सो अभिव्यक्तमा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजिक सञ्जाल ट्वीटरमार्फत कडा जवाफ फर्काएका छन् । उनले ‘बगेको खोला नफर्कने’ तर्क गर्दै जतिसुकै ठूलो सेलिब्रिटीले भने पनि राजतन्त्र पुनःस्थापना हुन नसक्ने जिकिर गरे । त्यस्तो कुरामा समय बर्बाद नगर्न पनि उनले सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् 'बगेको खोलो फर्कदैन१ठूलो पहिरोले केही क्षण थुनिन सक्छ तर अन्ततःफेरि खुलेर अगाडि बढ्छ ! प्रकृति र समाज विकासको शाश्वत नियम यही हो।अतःजतिसुकै ठुलो सेलिब्रिटीको मुखारविन्दबाट निस्केपनि हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र उल्टिदैन । यस्ता उडन्ते कुरालाई महत्व नदिऊॅ ! समय र शक्ति बरबाद नगरौं !'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077