Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

च्याम्पियन नेपाली टिम स्वदेश फर्कियो, सरकारले जनही पाँच लाख दिने

काठमाडौं । साफ महिला यू—१५ फुटबलको उपाधि विजेता नेपाली टोली स्वदेश फर्किएको छ । बङ्गलादेशमा सम्पन्न खेलमा च्याम्पियन बनेको नेपाली टोली आज स्वदेश फर्किएको हो ।

शुक्रबार बीएसएसएस मोस्ताफा कमाल रंगशालामा नेपाल अपराजित रहँदै च्याम्पियन बनेको थियो ।

हिमालयन एयरलायन्सको विमानबाट स्वेदश फर्किएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरूले स्वागत गरेका थिए ।

नेपाल, बंगलादेश र भुटानको सहभागिता रहेको प्रतियोगिता डबल राउन्ड रोबिन लिग पद्धतिमा सम्पन्न भएको थियो । साथै सरकारले विजेता टोलीका सदस्यहरूलाई जनही ५ लाख दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077