Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुदूरपश्चिममा फेरि भूकम्पको धक्का महसुस

कैलाली । सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर १२ मिनेटमा बझाङको पातादेवल केन्द्रबिन्दु भएर ५ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, बाजुरा, डोटी, कैलाली कञ्चनपुर लगायत जिल्लामा धक्का महसुस भएको जनाइएको छ ।

यसअघि कात्तिक २३ गते डोटी केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077