Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डोटीमा भूकम्पले फेरि आधा दर्जन घर भत्किए, डरले खुला आकाशमुनि स्थानीय

डोटी । शनिबार साँझ नेपालमा भूकम्प गएको छ । साँझ ८ बजेर १२ मिनेट जाँदा सुदूरपश्चिम प्रदेशस्थित बझाङको पातादेवल केन्द्रविन्दू भएर भूकम्प भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सो भूकम्प ५.४ म्याग्निच्युटको रहेको थियो । आज गएको भूकम्पले सुदूरपश्चिममा फेरि त्रास फैलिएको छ ।

यहाँका स्थानीयहरू डरले घर बाहिर त्रिपाल हालेर बसिरहेका छन् । डोटीमा शनिबार साँझको भूकम्पका कारण सात वटा घर भत्एिका छन् ।

गत मंगलबार राति गएको भूकम्पका कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका गैरागाउँमा अहिले गएको भूकम्पले फेरि दुईवटा घर भत्किएको बताइएको छ ।

यस्तै सायल गाउँपालिकामा दुईवटा, पूर्विचौकी गाउँपालिकाको पोखरीमा समेत तीन वटा घरहरू भत्किएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077