Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बढी लिएको रकम फिर्ता गराउँदै राष्ट्र बैंक

    बढी लिएको रकम फिर्ता गराउँदै राष्ट्र बैंक

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 933
    SHARES

    काठमाडौं । बैंक, वित्तीय संस्थाको ब्याजदर, सेवा शुल्क, हर्जानाको विरोध गर्दै उद्योगी व्यवसायी आन्दोलित भएका बेला नेपाल राष्ट्र बैंकले कानूनविपरीत कर्जाको नवीकरण र प्रिमियम वृद्धि गरी ऋणीबाट उठाएको रकम फिर्ता गराउन थालेको छ ।

    राष्ट्र बैंकले बैंकहरूको वार्षिक साधारणसभा स्वीकृतिका लागि ब्याजदर निर्देशनविपरीत उठाएको रकम फिर्ता गर्ने प्रतिबद्धता गराउन थालेपछि बैंकहरूले पनि ग्राहकसँग उठाएको रकम फिर्ता गर्न थालेका हुन् ।



    बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको लागि सम्झौता गर्दा अफर लेटरमा तोकिएको प्रिमियम दर पछि परिवर्तन गर्न नपाउने नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।



    अहिले बैंकहरूले निर्देशनविपरीत प्रिमियम दर बढाएर बढी ब्याज असुल गरेको भेटिएपछि फिर्ता गर्न निर्देशन दिएको उनको भनाई छ । आर्थिक अभियान दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार